शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सरकारबाट देशभरका ३५ जना साहित्यकार सम्मानित  (फोटोफिचर)

मङ्गलबार, ०६ भदौ २०७४, १६ : ०६
मङ्गलबार, ०६ भदौ २०७४

काठमाडौँ । नेपाल सरकारले आज देशभरका ३५ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । ४ विधामा एक जना स्रष्टालाई राष्ट्रिय पुरस्कार स्वारुप १ लाख र सम्मान पत्र ,प्रत्येक विकास क्षेत्रबाट हरेक विधामा एक/एक जना स्रष्टालाई क्षेत्रीय प्रतिभा पुरस्कार स्वरुप ५० हजार र सम्मान पत्रले सम्मान गरेको हो । मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, कविता, निबन्ध, गद्याख्यान/नाटक,वाल साहित्य,लोक साहित्य र भाषा साहित्यमा कलम चलाउने साहित्यकारलाई सम्मान गर्दै आईरहेको छ । 

यस्तै पुष्पलाल राष्ट्रिय पुरस्कारबाट ३ जना ,दलित मुक्ति आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको नाममा ‘‘सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’’ बाट ३ जना सम्मानित भएका छन् । 

“महाकवि देवकोटा पुरस्कार” ले ५ जनालाई सम्मान गरिएको छ । कविता विधा मा बानिया गिरी,आख्यान विधामा परशु प्रधान,निवन्ध विधामा कृष गौतम,भाषा साहित्य विधामा नगरेन्द्रराज शर्मा र बालसाहित्य तथा लोकसाहित्य विधामा वासुदेव मुनाल सम्मान गरिएको हो ।   

“पुष्पलाल राष्ट्रिय पुरस्कार” ३ जनालाई सम्मान गरिएको छ ।  राजनीतिक सैद्धान्तिक क्षेत्रबाट प्राध्यापक डाक्टर खेलावन साह, इतिहास क्षेत्रबाट प्राध्यापक हिरण्यलाल श्रेष्ठ र साहित्य ,संस्कृति र विज्ञान क्षेत्रबाट डाक्टर मोदनाथ प्रश्रितलाई सम्मान गरिएको हो । 

“भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुस्कार” बाट दलित मुक्ति आन्दोलनको क्षेत्र रामेश्वर मण्डल खत्वे,समाज सुधार अभियानको क्षेत्र मिठाई देवी विश्वकर्मा र शिक्षा साहित्य,संस्कृति,लेखन तथा अध्यय्न अनुसन्धानको क्षेत्रबाट प्राध्यापक डाक्टर विद्यानाथ कोइरालालाई सम्मान गरिएको छ । 

राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारबाट, राष्ट्रिय पुरस्कार संगीत तथा नाट्य विधा हरिहर शर्मा,भाषा तथा साहित्य डाक्टर सुन्दरकृष्ण जोशी, ललितकला पुरस्कारबाट गोविन्द लाल सिंह डंगोल र संस्कृति विधामा   तारानन्द मिश्र सम्मानित भएका छन् । यस्तै क्षेत्रीय प्रतिभा ,संगीत तथा नाट्य विधामा पूर्वाञ्चल   परशुराम राई, मध्यमाञ्चलबाट तीर्थ कुमारी थापा, पश्चिमाञ्चलबाट मेनकाजी गुरुङ, मध्य पश्चिमाञ्चल बाट कमल कुमार विश्वकर्मा र सुदुर पश्चिमाञ्चलबाट दीपेन्द्र प्रसाद दाहाल लाई सम्मान गरिएको छ । भाषा तथा साहित्यमा क्षेत्र अन्तगर्त पूर्वाअञ्चलबाट गंगा सुवेदी, मध्यमाञ्चलबाट रुकु कार्की, पश्चिमाञ्चलबाट अविनाश श्रेष्ठ, मध्य पश्चिमाञ्चलबाट सृजन लम्साल र सूदुर पश्चिमाञ्चलबाट हेमन्ती जोशीलाई सम्मान गरिएको हो । 

ललितकला विधामा क्षेत्रमा पुर्वाञ्चलका विक्रम तिम्सिना, मध्यमाञ्चलका रतन कुमार राई, पश्चिमाञ्चलका भीम कुमार शर्मा, मध्य पश्चिमाञ्चलका धोर्चे गुरुङ लामा र सूदरपश्चिमाञ्चलकी नन्दकली राना थारुलाई पनि सरकारले सम्मान गरेको छ । 

सस्कृति विधाको क्षेत्रीय पुरस्कार पूर्वाञ्चलका तारा बहादुर बुढाथोकी, मध्यमाञ्चलका डा. विजय दत्त,पश्चिमाञ्चलका इन्द्र बहादुर गुरुङ, मध्य पश्चिमाञ्चलकी बम कुमारी बुढा र सूदरपश्चिमाञ्चलका दिनानाथ बराल लगायत ३५ जनालाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्रत्येक वर्ष ४ विधामा साहित्यकारहरुलाई सम्मान गर्दै आईरहेको छ । मन्त्रालयले आज वि.सं २०७३ सालको पुस्कार वितरण गरे को छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप