अन्तर्राष्ट्रिय यात्रु घटे, आन्तरिक बढे
बुधबार, १६ पुस २०७६, ०६ : ४९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्म अन्तर्राष्ट्रिय ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ ।
आन्तरिकतर्फ अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रु विमानस्थलले ह्यान्डल गरेकोमा डिसेम्बरसम्म ३३ लाख पुग्ने अनुमान गरिएको छ ।
सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ३८ लाख ८७ हजार ८४५ यात्रु रहेकामा २०१८ मा यो संख्या ११.७ प्रतिशतले वृद्धि भइ ४३ लाख ४२ हजार ४८६ पुगेको थियो । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ
-
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास
-
एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी
-
संसद् चलाउन एक कदम पछाडि हटेका हौँ, प्रधानमन्त्रीलाई माफी दिएका होइनौँ : प्रमुख सचेतक दुलाल
-
झापामा २४ जना फरार अभियुक्त पक्राउ
-
अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण