मिष्टर नेपाल विजेता सन्तोषको हिरो हुने इच्छा
काठमाडौं । अधिकाश सौन्दर्य प्रतियोगिताका बिजेताको पहिलो रोजाइ अभिनय क्षेत्र पर्ने गरेको छ । सौन्दर्य प्रतियोगिता र अभिनय ग्ल्यामर क्षेत्र भएकोले होला सायद उनीहरुको रोजाई यो क्षेत्र पर्ने गरेको हो । सौन्दर्य प्रतियोगितामा भाग लिएका थुप्रै विजेताले अभिनय क्षेत्रमा आफ्नो उपस्थिति देखाइसकेका छन् ।
यस्तैमा ‘मिष्टर नेपाल २०१९’ का बिजेता सन्तोष उपाध्यायले पनि नेपाली फिल्मको हिरो हुने चाहना ब्यक्त गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सो इच्छा ब्यक्त गरेका हुन् । सन्तोष पेसाले स्वास्थ्यकर्मी हुन् । तर अभिनय इच्छा आफ्नो रहेको उनले बताए । ‘मलाई समाजप्रति आफ्नो योगदान बढाउन मन छ’ सन्तोषले भने ‘एकदमै राम्रो स्क्रिप्ट भएको फिल्मको अफर आयो भने फिल्म पनि गर्नेछु ।’
केही समय टिचिङ अस्पतालमा चिकित्सकको रुपमा कार्यरत डा. सन्तोष अहिले शिक्षा र स्वास्थ्यमा सम्बन्धित केही प्रोजेटमा पनि आवद्ध छन् । उक्त प्रोजेटकको कार्यक्रमलाई पनि निरन्तारता दिने उनको योजना रहेको छ ।
सन्तोष मात्र होइन मिष्टर नेपाल प्लेटफर्मबाट आएका अन्य केही ब्यक्तिले समेत अभिनयमा आइसकेका छन् । एक समयका चर्चित अभिनेता जीवन लुईटेल दोस्रो ‘मिस्टर नेपाल’ विजेता पनि हुन् । कार्यक्रममा उनलाई अब डाक्टर भन्ने कि ‘मिस्टर नेपाल’ ? भन्ने प्रश्न समेत सोधिएको थियो । ‘डाक्टर मलाई लाइसेन्सले नै हटाउन मिल्दैन’ उनले हास्दै भए ‘मिस्टर नेपालको जिम्मेवारी पाएपछि यो पनि हटाउन मिल्दैन ।’
डा. सन्तोष उपाध्यायले ‘मिस्टर नेपाल’को मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट र मिस्टर फोटोजेनिकको उपाधि पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण