शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थ्रीस्टारलाई आर्मीको धक्का

बुधबार, १६ पुस २०७६, १७ : ५३
बुधबार, १६ पुस २०७६

काठमाडौं । थ्रीस्टार क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको नमिठो धक्का लागेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बुधबार भएको खेलमा आर्मीले थ्रीस्टारलाई २–० गोलले हरायो । आर्मीको जितमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

नवयुगले ५४औं मिनेटमा गोल गर्दै आर्मीको उत्साह जगाए । सन्तोषले ७९ औं मिनेटमा गोल गरेका थिए । थ्रीस्टारले लगातार गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।  ९० औं मिनेटमा थ्रीस्टार पेनाल्टीमा समेत चुकेको थियो । थ्रीस्टारका रुपेश केसीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए । 

आर्मीका सन्तोष तामाङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मी तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले चार खेलबाट नौ अंक बनाएको छ । समान खेलबाट सात अंक बनाएको थ्रीस्टार छैटौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप