कानूनमा टेकेर विकासलाई बाधक पुर्याउने काम भयो : मुख्यमन्त्री पोखरेल
तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासलाई पनि कानूनकै रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको ‘जिल्लाको विकास, सम्भावना र चुनौती’ कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले संसद्बाट पारित भएको बजेट नै एउटा कानून हो भने ।
अहिले विभिन्न बहानामा विकासका कामहरु अवरुद्ध गर्ने कार्य भएको भन्दै यसले विकास र समृद्धिमा धक्का पुग्नेसमेत बताए ।। कानूनी तथा व्यावहारिक रुपमा मिल्ने कुरालाई मिलाएर विकास निर्माणको कामलाई तीव्रता दिनुपर्नेसमेत उनको भनाइ छ ।
व्यावहारिक पक्षलाई मिलाएर कानून कार्यान्वयन अगाडि बढाउनुपर्ने पोखरेलले बताए । “कानून संरक्षक हुनुपर्ने हो, तर त्यसलाई टेकेर विकासलाई बाधक पुर्याउने काम भएको छ”, उनले भने ।
अहिले दाङमा ढुङ्गाजन्य पदार्थ आपूर्ति नहुँदा समस्या भएको भन्दै यसलाई सहज बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेसमेत बताए ।
उनले पहिलो चौमासिकमा १५, दोस्रो चौमासिकमा ४० र बाँकी चार महिनामा विकास योजना पूरा गर्नुपर्ने बताए । अहिले कच्चापदार्थ उपलब्ध नभएको नाममा निर्माण व्यवसायीले विकास निर्माणको कामलाई ठप्प पार्ने गरेको भन्दै यसले विकासलाई ठूलो क्षति पु¥याउने बताए ।
त्यस अवसरमा अहिले तीन तहका सरकारको कानून बाँझिदा काम गर्न कठीनाइ भएको स्थानीय तहका प्रमुखहरुले बताएका थिए । त्यस अवसरमा दाङका सबै स्थानीय तहका प्रमुख तथा सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले विकास निर्माणका बारेमा अवगत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
-
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
-
किसानको पहुँचमा डिजिटल सेवा विस्तार गरिने
-
प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत
-
आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्दै सरकार
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण