किसानको पहुँचमा डिजिटल सेवा विस्तार गरिने
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक लिला पिटर्स याहिया र राष्ट्र सङ्घका एजेन्सी प्रमुखहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन्।
भेटघाटमा कृषि प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउँदै उत्पादनशीलता वृद्धि गर्ने, किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने, समावेशी र दिगो कृषि रूपान्तरणलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।
उक्त छलफलमा विशेषगरी युवा, महिला, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणलाई केन्द्रमा राख्दै पर्वतीय क्षेत्रको सांस्कृतिक तथा जैविक विविधता संरक्षणसहित दिगो विकास एजेन्डालाई अघि बढाउने विषयमा जोड दिइएको थियो।
मन्त्री चौधरीले कृषि र खाद्य प्रणाली जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेको उल्लेख गर्दै स्थानीय समुदायको सहनशीलता अभिवृद्धि गर्न आवश्यक नीतिगत तथा प्राविधिक सहयोगको आवश्यकता औँल्याए। संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूले नेपालको प्राथमिकताप्रति ऐक्यबद्धता जनाए।
मन्त्री चौधरीले उठाउनुभएको एजेन्डामा प्राविधिक तथा नीतिगत सहयोग निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण