विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो, दुई जना पक्राउ
आइतबार, २० पुस २०७६, १६ : ३३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो ।
युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले रातोपाटीलाई बताए ।
यस्तै विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट हिरा बरामद भएको प्रहरीले जनाएको छ ।
भन्सार कटिसकेका साथलीमाथि शंका लागेर केएमसी अस्पतालमा लगेर मेडिकल गराउँदा पेटमा हिरा लुकाएर ल्याएको भेटिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
विमानस्थलबाटै पछिल्लो ६ दिनमा ५ किलो सुन बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
-
खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
-
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण