सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका छन् ।
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले आसनबाट उठेर विरोध जनाए ।
- साम्पाङसहितका सांसदहरुले परराष्ट्रमन्त्रीको सम्बोधनलाई नमान्ने बताए ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले भने आसनबाट उठेर विरोध गरे ।
सो क्रममा साम्पाङसहितका सांसदहरुले परराष्ट्रमन्त्रीको सम्बोधनलाई आफूहरुले नमान्ने बताए । उनले प्रधानमन्त्री बालेन शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रष्टीकरण दिनुपर्ने बैठक सुरु हुनेबित्तिकै माग गरेका थिए ।
यसअघि श्रमसंस्कृतिबाहेकका विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका थिए । प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए ।
लामो समयसम्म सदन अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
-
‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
-
सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, सङ्गठन सुदृढीकरण र निर्वाचनको समीक्षा
-
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
-
खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण