शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै ५ हजार रकम लिने पक्राउ

आइतबार, २७ पुस २०७६, २३ : ३७
आइतबार, २७ पुस २०७६

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै सेवाग्राहीसँग रकम लिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई पक्राउ गरेको हो । 

उनले चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि  सेवाग्राहसँग ५ हजार रकम मागेको प्रहरीले जनाएको छ । 
तनहुँको भानु नगरपालिका ६ मुलपानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने उनलाई  आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप