गौर कारागारबाट एकजना कैदी फरार
रौतहट । रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी फरार भएका छन् ।
रौतहट गढीमाई नगरपालिका–१ का २८ वर्षीय अशोक यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरणकुमार थापाले बताए ।
सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ बर्षको सजाय तोकिएर एकसाता अघि कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो ।
कारागारबाट आइतबार राति आठदेखि साढे आठ बजेका बीचमा कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ ।
कारागारभित्र एउटा कुनामा दिउँदै बत्ती बिगारेर अँध्यारोको मौका छोपी भाग्ने योजना बनाएको देखिन्छ ।
कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ ।
उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै बरामद गरेको छ ।
कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ ।
यसैबीच कैदी फरार हुने कारण पत्ता लगाउन प्रमुख जिल्ला अधिकारी थापाले प्रशासकीय अधिकृत किरननिधी तिवारीको अध्यक्षतामा तीन सदस्सीय छानबिन टोली गठन गरेका छन् ।
छानबिन टोलीमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नविनकुमार सिंह र राष्ट्रिय अनुुसन्धानका प्रतिनिधि मायाशंकर रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
फरार कैदी अशोक यादव मधेशका भूमिगत संगठनमा सकृय रहेर विभिन्न ठाँउमा चन्दा असुली समेत गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण