विनय मोहन नेपालका लागि नयाँ भारतीय राजदूत
मङ्गलबार, २९ पुस २०७६, १६ : ०२
काठमाडौँ । नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ । विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् ।
गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको जिम्मेवारी विनयलाई दिइएको हो ।
३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखामा समेत काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण