शीर्षस्थान कब्जा गर्ने आर्मीको सपना अधुरै
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थान कब्जा गर्ने त्रिभुवन आर्मी क्लबको सपना अधुरै रहेको छ । लिगको उपाधि दाबेदार आर्मी दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटासँग १–१ गोलको बराबरीमा रोकियो । आर्मीले सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझाको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मी संकटासँग अंक बाँड्न बाध्य बन्यो ।
२९औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दिनेश हेम्जनले क्रसमा उनले उत्कृष्ट हेड गोल गरेका थिए । जारी लिगमा नवयुगको यो दोस्रो गोल हो । ५२औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।
संकटाले लगत्यै त्यसको फाइदा उठायो । संकटाले ५५औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । संकटाका लागि अमित तामाङले बराबरी गोल गरे । डिबक्स भित्र आर्मीका सुमन लामाले ह्यान्ड गरेपछि संकटाले पेनाल्टीको मौका पाएको थियो । आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
बराबरीसँगै आर्मीले ६ खेलबाट १३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । समान खेलबाट आठ अंक बनाएको संकटा आठौं स्थानमा छ । यस खेल जितेको भए आर्मीलाई दुई अंकको अग्रता सहित शीर्ष स्थानमा रहने मौका थियो । शीर्ष स्थानमा रहेको मच्छिन्द्रको पनि १३ अंक छ । मच्छिन्द्र गोल अन्तरका आधारमा अगाडी छ । आर्मीको बराबरीले शीर्ष टोली मच्छिन्द्र, १२ अंक सहित दोस्रो स्थानमा रहेको मनाङ र १० अंक सहित तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबलाई फाइदा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण