मेक्सिकोमा सामुहिक चिहानः थप २९ शव भेटियो (अपडेट)
एजेन्सी । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको शव मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ । अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो ।
मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ । अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा/Photo: retures
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक