शिक्षकलाई राजनीतिक संरक्षण नगरौं: प्रभु साह
रौतहट । पूर्वमन्त्री तथा संघीय सांसद प्रभु साहले शिक्षकलाई राजनीति नगर्न चेतावनी दिएका छन् । गृहजिल्ला रौतहटको फतुआ विजयपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । साहले विभिन्न दलको आडमा कतिपय शिक्षकले पढाउने भन्दा राजनीति गर्ने र भ्रष्टाचारतर्फ लिप्त देखिएकाले शिक्षकलाई राजनीतिक संरक्षण दिन नहुनेमा जोड दिए ।
साहले पार्टी अनुशासन विपरित नजान कार्यकर्ता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन समेत दिए । कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण भगतले पार्टीको नीति विपरित चल्ने निर्वाचित जनप्रतिनिधिको पद च्युत गर्न समेत पाटी पछि नपर्ने चेतावनी दिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य युवराज भट्टराई समिर,प्रदेश सांसद कुन्दन कुश्वाहा,प्रदेश सांसद नागेन्द्र यादव, प्रदेश सदस्य त्रिभुवन साह, नगर कमिटी अध्यक्ष अजय तिम्मल्सिना लगायतले नेकपा कार्यकर्ता एकढिक्का भएर जनताको काममा लाग्न सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण