पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने
बिहीबार, ०२ माघ २०७६, १६ : ०९
काठमाडौँ । नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ । मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई उक्त परिणामको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको हो ।
‘साइटिस सन्धी र संकटापन्ना वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम जम्मा एकलाख ७३ हजार एकहत्तर दशमलव सात नौ दुई केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ’, मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा