‘आमा’को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
काठमाडौं । सफल निर्देशक दीपेन्द्र के.खनालले बनाएको पछिल्लो फिल्म ‘आमा’ आउँदो फागुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । यही मितिमा फिल्म अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ ।
फिल्म अमेरिकाको लागि एट्ट्रा प्रोडक्सन र अष्ट्रेलियाका लागि एएसएपी इन्टरटेनमेन्टले प्रदर्शन राइट किनेको हो । निर्देशक दीपेन्द्र के. खनालले नेपाल प्रदर्शनकै दिन फिल्म विदेशका पनि केही देशमा प्रदर्शन हुने जानकारी दिए । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको यो फिल्म प्रदर्शनका लागि अन्य देशमा पनि कुराकानी भइरहेको खनालले बताए ।
केही पहिले ट्रेलर सार्वजनिक भएको फिल्मको प्रचार सामाग्री सार्वजनिक भएपछि बिदेशको माग बढ्दा रहेको निर्देशक खनालको भनाई रहेको छ । उनका अनुसार विभिन्न कम्पनीहरु फिल्मको विदेश प्रदर्शन अधिकार लिन हानाथाप गरिरहेका छन् । निर्देशक खनालले फिल्मको अष्ट्रेलिया र अमेरिकाको राइट्स महँगोमा बिक्री भएको समेत जानकारी दिए ।
फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । काठमाडौं र रामेछापमा खिचिएको फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मेयर सिंहका समर्थक र कांग्रेस कार्यकर्ताबिच घम्साघम्सी
-
काठमाडौँमा तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु
-
अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
-
सदस्य हेरफेरका लागि बागमती प्रदेशसभा बैठक शनिबार ११ बजे बस्ने
-
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
-
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय