काठमाडौँमा तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु
काठमाडौँ । कमलपोखरीस्थित सिटी सेन्टरमा शुक्रबारबाट तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु भएको छ । एक्स्पोको शुक्रवार एक कार्यक्रमकाबिच काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले उद्घाटन गरिन् ।
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो शुक्रवार र शनिबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनीमा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनमा अध्ययनरत ६३ विद्यार्थीका इन्टरियरसम्बन्धि विभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ विद्यार्थी हुन् ।
एक्स्पोमा दुई प्रकारको प्रदर्शनी छ । एउटा अध्ययन गरेर ६ महिना मात्र भएका विद्यार्थीको विभिन्न फरक फरक क्याफे डिजाइनहरु छन् । अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरूको विभिन्न फरक प्रोजेक्ट बनाएका छन् ।
प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबिच समेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रूपमा परुस्कृत हुनेछन् । उपमेयर डङ्गोल लगायतका अतिथिले सबै प्रदर्शनी अवलोकन गरेर त्यसको बारेमा जानकारी समेत लिएका छन् ।
कार्यक्रममा उपमेयर सुनिता डङ्गोलले इन्टेरियर डिजाइन पछिल्लो समय महत्वकासाथ हेर्न थालिएकोले यसमा लाग्नेको भविश्य राम्रो भएको बताइन् । ‘अर्थसँग जोडेर हेर्ने हो इन्टेरियर डिजाइन एकदमै महत्त्वपूर्ण विधामा पर्छ’, उनले भनिन् ‘अहिले सानो कफी सप खोल्दा पनि डिजाइन गर्ने चलन छ ।’ उनले इन्टेरियर डिजाइनमा ग्राजुयट विद्यार्थीलाई बधाई तथा सफल भविष्यका लागि शुभकामना समेत दिइन् ।
नेपाल जीवन विमाका कार्यकारी प्रमुख प्रवीण रमण पराजुली, ईश्वरलाल जोशी प्रिसिडेन्ट (सोना) लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।
बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर विशेष प्रायोजन रहेको प्रदर्शनीमा उपमेयर डङ्गोलले ग्राजुयट विद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गरिन् ।
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडेमी हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो ।
फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्स प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरू काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।
नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रूपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण