बागमतीको संसदीय समितिमा राप्रपाले गर्यो मनोनयन दर्ता
शुक्रबार, ०४ जेठ २०८१, १८ : ३२
मकवानपुर । बागमती प्रदेशसभाको संसदीय समितिमा राप्रपाले मनोनयन दर्ता गरेको छ । राप्रपाका नुरज बज्राचार्यले प्रदेशसभाको अर्थ तथा विकास समितिको सभापतिमा मनोनयन दर्ता गरेका हुन् ।
रमेश महतको प्रस्ताव र डम्बर तामाङको समर्थनमा उनले समिति सभापतिमा मनोनयन दर्ता गरेका छन् । उनी काठमाडौँ ९(१) बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै माओवादी केन्द्रका सांसद ठाकुर प्रसाद ढकालले प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन् ।
प्रदेशसभाको थप २ समितिको सभापति लागि मनोनयन दर्ता हुनेछ । प्रदेश विशेषाधिकार समिति र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा क्रमशः एकीकृत समाजवादी र एमालेले मनोनयन दर्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण