सिरहामा डिजे बोकेको ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते
सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा २ को ज्यान गएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।
धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे (साउण्ड सिष्टम) र जेनेरेटर बोकेको ट्याक्टर बाख्रालाई जोगाउँने क्रममा पल्टिदा लहान नगरपालिका – १३ का २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२ २० वषीय श्रीप्रशाद माण्डलको ज्यान गएको हो ।
तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएको हो । दुर्घटनामा घाइते भएकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । मृत्यक दुवै जनाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको इन्सपेक्टर क पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण