हवाई भिजिबिलिटी ५० मिटरभन्दा कम
आइतबार, ०५ माघ २०७६, ०७ : १०

दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ ।
हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो ।
विमास्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरु ठप्प भए ।
‘बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरुपमा सुचारु भयो ।’ सो शाखाका एक अधिकारीले भने ।
सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक पर्ने विज्ञहरु बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
-
प्रोसेस पाण्डेले कसरी जिते द भ्वाइस अफ नेपालको टाईटल ?