श्रीमतीको हत्या गरेको अभियोगमा कारागार चलान
आइतबार, ०५ माघ २०७६, १३ : ५५
बुटवल । प्युठान जिल्ला अदालतले श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । पुस ६ गते जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनले आफ्नी ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
शेरचनलाई श्रीमती हत्या गरेको अभियोगमा जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि थुनामा कारागार चलान गरेको त्यहाँका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार घरमा श्रीमान र श्रीमती मात्रै बस्दथे । मदिरा सेवनबाट हुन गएको झगडाका कारण शेरचनले श्रीमतीलाई कुटेर हत्या गरेको डिएसपी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ