विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा
काठमाडौं– नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्नेछ ।
यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा–भिन्दै सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरटीजीएस इन्टीग्रेसन मिडलवेयर कनेक्ट आरटीजीएस उपलब्ध गराउने भएको छ ।
विकास बैंकहरुसँगको यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग आरटीजीएस प्रणालीको लागी सिधै सदस्यको रुपमा सम्झौतागरी सकेका ’ख’तथा’ग’वर्गका वित्तिय संस्थाहरुको लागीपनिउपलब्ध गराइने छ ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथावित्तिय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था र अन्य सेवा प्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सन्चालनमार्फत समग्र बैकिङ्ग क्षेत्रलाई सहयोग पु¥याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
-
कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकताः नेता केसी
-
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई
-
फोर्ब्सको ‘३० अन्डर ३०’मा नेपालबाट श्रेया गिरी र काजोल सेठिया समेटिए