न्यु डायमन्डको प्रतिद्वन्द्वी आर्मी
काठमाडौं । पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । राखेप कभर्ड हलमा जारी प्रतियोगितामा मंगलबार समूह एको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ ले पराजित गर्याे । हारेपनि आर्मीले पनि सेमिफाइनलमा स्थान बनायो ।
महिलातर्फकै समूह बीको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । न्यु डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको थियो । न्यु डायमन्ड समूह विजेता र नेपाल पुलिस उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा न्यु डायमन्डले आर्मी र एपीएफले पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी पुरुषतर्फको खेलमा एपीएफ र पुलिसले जित निकाले । एपीएफले जाउलाखेल भलिबल सेन्टरलाई २५–१४, २५–१०, २५–९ ले हरायो । एपीएफ समूह बीको विजेता बन्यो । पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह सीको विजेता बन्यो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु
-
अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
-
सदस्य हेरफेरका लागि बागमती प्रदेशसभा बैठक शनिबार ११ बजे बस्ने
-
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
-
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय
-
किसानले बुझाए कालीमाटी विकास समितिलाई ज्ञापनपत्र