साहित्यले समाजलाई रुपान्तरण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताएका छन् ।
साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित ‘डिलको डोब’ उपन्यासको आज यहाँ सार्वजानिक गर्दै उहाँले गीत, सङ्गीत र साहित्यले समाजलाई रुपान्तरण गर्ने हुँदा साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्छ भने।
“समाजवादका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौँ”, उनले भने, “समाजको प्रतिविम्ब बनेर साहित्यले राष्ट्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।”
लेखक महेश पौडेलले लेखकले शक्तिको बलमा महिलामाथि गरिने हिंसालाई छर्लङ्ग पार्नु खोजेको बताए । पत्रकार यशोदा तिम्सिनाले महिला अधिकारका पक्षमा उपन्यासले सशक्त आवाज उजागर गरेको बताइन् ।
प्राज्ञ माया ठकुरीले समाजमा प्रतिष्ठित ठानिएका यौन दुराचारीलाई उपन्यासले नङ्ग्याएको टिप्पणी गरे । उपन्यास श्रष्टा पराजुलीले पीडाको पराकाष्ठा मात्र नभएर पीडा बोकेकी नारीको सफलताको कथालाई व्यक्त गर्न खोजिएको बताए ।
“हिंसालाई जितेर कसरी व्यक्तिगत सफलता हासिल गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएकी छु”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण