सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई सोमबार हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा भएको सुनुवाइ नसकिएपछि मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।
पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको थियो । यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए ।
रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको निर्वाचन प्रक्रिया समेत रोक्न माग गरिएको छ ।
यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।
तर, सापकोटा आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । उनले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
-
कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो