बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
बिहीबार, २७ वैशाख २०८१, १२ : ५८

काठमाडौँ । नक्साल स्थित नेपाल बाल संगठनको जग्गा विवादबारे सीआईबीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको सीआईबीका सूचना अधिकारी एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
बाल संगठनका तत्कालीन पदाधिकारीले मिलेमतोमा व्यापारिक घरानासँग मिलेर भाडा सम्झौता गरेर बाल मन्दिरलाई नोक्सानी गरेको आरोप छ । बाल मन्दिरलाई हानी हुने गरी भाडा सम्झौता गरेर ठगी गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।
प्रहरीले बाल मन्दिरका पदाधिकारीहरू विरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिएको छ । सीआईबीका एकजना अधिकृत भन्छन्–‘आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान अधि बढाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था
-
आँखा उपचार नपुगेका ठाउँमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबिच सम्झौता
-
जलवायु कार्यमा योगदान पुर्याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव
-
जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?
-
तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु