बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
बिहीबार, २७ वैशाख २०८१, १२ : ५८
काठमाडौँ । नक्साल स्थित नेपाल बाल संगठनको जग्गा विवादबारे सीआईबीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको सीआईबीका सूचना अधिकारी एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
बाल संगठनका तत्कालीन पदाधिकारीले मिलेमतोमा व्यापारिक घरानासँग मिलेर भाडा सम्झौता गरेर बाल मन्दिरलाई नोक्सानी गरेको आरोप छ । बाल मन्दिरलाई हानी हुने गरी भाडा सम्झौता गरेर ठगी गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ ।
प्रहरीले बाल मन्दिरका पदाधिकारीहरू विरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिएको छ । सीआईबीका एकजना अधिकृत भन्छन्–‘आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान अधि बढाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण