बोराले च्यापिएर एकै परिवारका चार भारतीय नागरिकको मृत्यु
बुटवल । रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ ।
बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवाली रातोपाटीलाई जनाकारी दिए ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको बोरा खसेर च्यापेको मृत्यु भएको हो ।
कोठा भाडा लिएर उनीहरुले लामो समयदेखि सद्धवले पुराना बोरा सङ्लकन गर्ने र नयाँ बनाए बिक्री गर्ने काम गर्दथे । बोराले थिच्दा उनीहरुको निस्सास्सिएर मृत्यु भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण