तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताउए ।
उनले भने, “सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।”
संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने प्रस्ट्याए । उनले यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण