किन बिहे गर्दैनन् सलमान खान, खोले यस्तो राज
शनिबार, १८ माघ २०७६, १० : ३४
बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् ।
उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् ।
तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब हुनसक्छ । तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन् ।’
उनले छोराछोरीको विषयमा कुरा गर्दै भने, ‘जब हुने हो हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा