गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
आइतबार, १९ माघ २०७६, १८ : २१
काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई राजधानीको ठमेलबाट पक्राउ परेको छ ।
पक्राउ पर्नेमा मनाङको नेसाङ अजय भनिने कोर्ते गुरुङ र टासी गुरुङ रहेका छन् ।
उनीहरु काठमाडौको ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टको कोठामा तीन महिनादेखि बस्दै आएको तर होटल सञ्चालकले पैसा माग्दा उल्दै धारिलो हतियार देखाउँदै धम्क्याएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । होटल सञ्चालकको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुबै जना यस अघि पनि बिभिन्न गुन्डागर्दी कार्यमा संलग्न रहेका बुझिन आएको महाशाखाले जनाएको छ । उनरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण