अभिभावक गुमाएका रार्इ दिदीभाइलार्इ अार्थिक सहयोग
युएर्इ –र्इटहरी स्थित बुढी खोलामा गत साउन २७ गते राती गएको बाढीमा परी अबिभाबक (अामा,बुबा र दार्इ) गुमाएका दिदिभार्इलार्इ युएर्इको अलएेन स्थित ड्नोक कम्पनी कार्यरत नेपालीहरूले अार्थिक सहयोग सहयोग गरेका छन्।
कम्पनीमा कार्यरत बिशाल लामाको नेतृत्वमा एक लाख तिन हजार २ सय ४० रूपैया पिडित दिदिभार्इ कमला रार्इ र निशान रार्इको शिक्षाको लागी सहयोग गरेको हो।
बाढीपहिरोले दैविक बिपत्तीमा परेकाहरूलार्इ मानबिय उद्दार र बालबालिकाको शैक्षिक बिकासको लागी अार्थिक सहयोग गरिएको कम्पनीका सुपरभार्इजर पदम मेहेताले बताए।
उनीहरूले अादिबासी जनजाती महासंघ र्इटहरीको कोषाध्यक्ष मिना शेर्पा मार्फत उक्त रकम पठाएका हुन्। गत शुक्रबार एक कार्यक्रमको अायोजना गरी दिदिभार्इ कमला र निशान रार्इलार्इ रकम हस्तान्तरण गरिएको थियो।उक्त रकम उनीहरूको बैक खातामा तत्काल जम्मा गरिने मिना शेर्पाले बतार्इन्।
हाल उनीहरूलार्इ र्इटहरी स्थित एसअोएस बालग्रामले पठनपाठनको लागी जिम्मा लिएको बतार्इएको छ।
बाढीमा परी उनीहरूको अामा अाशादेबी रार्इ मृत्यु भएको थियो। उनको शब तिन दिन पछि बाढी गस्त क्षेत्र गैरी गाँउमा पार्इएको थियो। भार्इ निमेश र बुबा राजकुमार अहिले सम्म बेपत्ता छन्।बाढी अाएको २ हप्ता बितिसक्दा सम्म पनि नभेटिए पछी उनीहरूको मृत्यु भर्इसकेको हुन सक्ने अाशंका गरिएको छ। भने कमला र निशान रूखमा चढेर बाँच्न सफल भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा