अभिभावक गुमाएका रार्इ दिदीभाइलार्इ अार्थिक सहयोग
युएर्इ –र्इटहरी स्थित बुढी खोलामा गत साउन २७ गते राती गएको बाढीमा परी अबिभाबक (अामा,बुबा र दार्इ) गुमाएका दिदिभार्इलार्इ युएर्इको अलएेन स्थित ड्नोक कम्पनी कार्यरत नेपालीहरूले अार्थिक सहयोग सहयोग गरेका छन्।
कम्पनीमा कार्यरत बिशाल लामाको नेतृत्वमा एक लाख तिन हजार २ सय ४० रूपैया पिडित दिदिभार्इ कमला रार्इ र निशान रार्इको शिक्षाको लागी सहयोग गरेको हो।
बाढीपहिरोले दैविक बिपत्तीमा परेकाहरूलार्इ मानबिय उद्दार र बालबालिकाको शैक्षिक बिकासको लागी अार्थिक सहयोग गरिएको कम्पनीका सुपरभार्इजर पदम मेहेताले बताए।
उनीहरूले अादिबासी जनजाती महासंघ र्इटहरीको कोषाध्यक्ष मिना शेर्पा मार्फत उक्त रकम पठाएका हुन्। गत शुक्रबार एक कार्यक्रमको अायोजना गरी दिदिभार्इ कमला र निशान रार्इलार्इ रकम हस्तान्तरण गरिएको थियो।उक्त रकम उनीहरूको बैक खातामा तत्काल जम्मा गरिने मिना शेर्पाले बतार्इन्।
हाल उनीहरूलार्इ र्इटहरी स्थित एसअोएस बालग्रामले पठनपाठनको लागी जिम्मा लिएको बतार्इएको छ।
बाढीमा परी उनीहरूको अामा अाशादेबी रार्इ मृत्यु भएको थियो। उनको शब तिन दिन पछि बाढी गस्त क्षेत्र गैरी गाँउमा पार्इएको थियो। भार्इ निमेश र बुबा राजकुमार अहिले सम्म बेपत्ता छन्।बाढी अाएको २ हप्ता बितिसक्दा सम्म पनि नभेटिए पछी उनीहरूको मृत्यु भर्इसकेको हुन सक्ने अाशंका गरिएको छ। भने कमला र निशान रूखमा चढेर बाँच्न सफल भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण