ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईबिरुद्ध मुद्दा नचल्ने
बुधबार, २२ माघ २०७६, १८ : ५१
काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्र्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको भएपनि नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि भने मुद्दा नचलेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा मन्त्रीपरिषद्को निर्णय नपर्ने कानूनी व्यवस्था छ । साेही कारण साे प्रकरणमा नाम मुछिएको भएपनि पूर्वप्रधानमन्त्री द्वय नेपाल र भट्टराईका विरुद्ध भने मुद्दा दायर नगरिएको हो । अख्तियारले आफ्नो निर्णयमा उनीहरुविरुद्ध मुद्दा चलाउन नसकिने भन्दै कैफियतमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण