जब बिहानै अस्पतालको सटरमा डोजर चल्यो...
बुटवल । बिहीबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर भत्काउन डोजर चलाइएको छ । प्रदेश सरकारको निर्णयअनुसार अस्पतालको स्तरोन्नतिका लागि सटरहरु भत्काउन थालिएको हो ।
एकाबिहानै सटर भत्काउन डोजर चलिरहँदा केही पसलेहरु आफ्नो सामान पोको पारेर लैजादैँ थिए भने कयौँ रमिते बनेर हेरिरहेका थिए ।

अस्पताल प्रशासनले सटर खाली गर्न बारम्बार ताकेता गर्दै आए पनि ब्यवसायीले अटेर गर्दै आएका थिए । परिणामस्वरुप बिहीबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सटर भत्काउन शुरु गरिएको हो ।
लुम्बिनी अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रूपमा प्रदेश सरकारमातहत आएपछि प्रदेश सरकारले यसको स्तरोन्नति गर्ने निर्णयसँगै अस्पतालको बाहिरपट्टी भाडामा लगाइएका सटरहरू भत्काउन लागिएको हो ।

सटर खाली गर्न अस्पतालले व्यवसायीहरुलाई पत्राचार गरेपछि त्यसका विरुद्ध रुपन्देही जिल्ला अदालतमा व्यवसायीकातर्फबाट करार परिपालना गरि पाउँ भनि मुद्दा दायर गरिएको थियो ।
अदालतले प्रदेश सरकारकै पक्षमा बाटो खोलेपछि अस्पताल प्रशासनले ४८ घण्टे सूचना जारी गरेको थियो । सटर भाडामा लिएका व्यवसायीहरुले अटेर गरेपछि डोजर चलाउनु परेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका विरुद्ध २६ व्यापारी सर्वोच्च अदालतमा पुगेको व्यवसायी ज्ञान प्रसाद पौडेलले मरासेनीले रातोपाटीलाई बताए ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल तथा प्रदेशको गौरवको आयोजनाको रूपमा विकास गर्न सटरहरू भत्काई मापदण्डअनुरूप नयाँ पर्खाल निर्माण गर्ने जनाएको छ ।

साविक लुम्बिनी अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रूपमा प्रदेश सरकारमातहत आएपछि सरकारले यसको स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पतलमा ७२ वटा सटर छन् ती सटरबाट भाडा बापत वार्षिक झन्डै ९ करोड आम्दानी भए पनि प्रदेश सरकारले सटरका कारणले अस्पतालमा स्वरुप बिग्रीएको भन्दै भत्काएर नयाँ संरचना बनाउने तयारी गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण