नेपालले अमेरिकालाई हराउँदा..... (फोटोफिचर)
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल पहिलो जित दर्ता गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिका विरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।
टस जितेर पहिले फिल्डिङ गरेको अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य दिएको थियो । अमेरिकालाई ४४ औं ओभरको पहिलो बलमा अलआउट गर्दै नेपालले जित दर्ता गरेको हो । नेपालका लागि करण केसीले ४, सुशन भारीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका लागि इयान होलाण्डले अर्धसतकीय पारि खेल्दै ७५ रन जोडेपनि टोलीको हार टार्न सकेनन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले अन्तिम ओभरको दोस्रो बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतक प्रहार गर्दै इनिङ्स उकासेका थिए । विनोदले ६२ बलमा ५१ रन बनाए ।
कुशलले डेब्यु खेलमै कुशलले पहिलो अर्धसतक प्रहार गर्दै ५० रन जोडे । कुशलको अर्धसतकले विश्व कीर्तिमान समेत बनाएको छ । सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् । आजको खेलमा ज्ञानेन्द्र मल्ले २१, पारस खड्काले १९ र करण केसीले १२ रन बनाएका थिए ।
अमेरिकाका लागि क्यामरुन स्टेभेनसनले ३ तथा रुस्ती थोरेन र कप्ता सौरभ नेत्राभाल्करले समान २—२ विकेट लिए । जितसँगै नेपालले दुई खेलबाट २ अंक जोडेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण