हतौडा प्रहार गरी वृद्धको हत्या
रौतहट । रौतहटमा एक वृद्धको हत्या भएको छ । जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो ।
सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ ।
घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नविनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् ।
रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताउँदै अपराधी चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण