शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

युवाद्वारा १० लाखको लगानीमा बाटो मर्मत

बुधबार, २९ माघ २०७६, १० : ४५
बुधबार, २९ माघ २०७६

रौतहट । जनप्रतिनिधि वा जिल्लाका ठुलाबडा नेताहरु विकास निर्माणका काममा बजेट अभाव देखाएर पन्छिरहेको समयमा रौतहटको पश्चिमीभेग हिमालीबासका युवाहरुले ब्यक्तिगत १० लाख रुपैयाँको लगानीमा झण्डै ६ किलोमिटर लामो बाटो मर्मत सुरु गरेका छन् ।

दैनिक हजारौँ मानिस हिँड्ने विजयपुर–कोलवी जाने सडक लामो समयदेखि जीर्ण रहेको अवस्थामा स्थानीय युवाले आफैँमा चन्दा संकलन गरेर मर्मत कार्य सुरु गरेका हुन् ।

फतुवा बिजयपुर नगरपालिका अन्तर्गत ईलाका प्रहरी कार्यालय विजयपुरको उत्तरतर्फ रहेको कल्भर्टदेखि बाराको कोल्हवी नगरपालिका–१ नासीसम्मको बाटो मर्मत तथा ग्रेभल राख्ने काम युवाहरुको सक्रियतामा सुरु भएको हो ।

विजयपुर बजार हुँदै दैनिक सयौँ ट्याक्टर र टिपरबाट नदीजन्य पदार्थ ढुवानी हुँदै आएका कारण उक्त सडकको ठाउँ ठाउँमा खाल्डो भई साईकल, मोटरसाईकल तथा अन्य सवारी साधन आवागमनमा कठिनाइ भइरहेको थियो ।

हिमालीबासका युवाहरुको सहयोग र नेकपा फतुवा विजयपुरका नगर कमिटीका अध्यक्ष तथा स्थानीय युवा अजय तिमल्सिनाको ग्रेडरबाट बाटो मर्मतपछि उनकै टिपरबाट निःशुल्क ग्रेभल राख्न सुरु भएको सहयोगी अशोक श्रेष्ठले बताए ।

करिव १० लाख रुपैयाँ बराबरको बाटो मर्मत तथा ग्रेभल राख्ने काम मंगलबारदेखि सुरु भई एक हप्ताभित्र पुरा हुने श्रेष्ठले जानकारी दिए ।

फतुवा विजयपुर नगरपालिकामा मेयर र उपमेयरबीचको विवादका कारण असार मसान्तमा हुनुपर्ने तेस्रो नगरसभा हालसम्म हुन नसक्दा नगरको विकास निर्माणका काम पूर्णरुपमा ठप्प छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप