गुन्डा नाइके मिलन लामा पक्राउ
बुधबार, २९ माघ २०७६, १९ : ११
काठमाडौं । प्रहरीले गुन्डा नाइके मिलन लामालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले बुधबार काठमाडौंको चक्रपथबाट लामालाई पक्राउ गरेको हो । काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुन्डागर्दी गर्ने लामा नुवाकोट शिबपुरि गाउँपालिका ३ का स्थायी बासिन्दा हुन् ।
काठमाडौंको टोखा–चन्डेश्वरी बस्ने ३७ वर्षीय लामामाथि थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए । लामा पहिलेनै हातहतियार खरखजाना मुद्दामा २०६७ सालमा प्रहरी बृत बालाजु र २०७० सालमा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी बृत महाराजगन्जले मुद्दा चलाई सजाय पाइससकेका अभियुक्त हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’