सिटिजन्स बैंकद्वारा माया घर नेपाललाई आर्थिक सहयोग प्रदान
इटहरी– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरी स्थित माया घर नेपाललाई ८० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाधमा जीवन विताईरहेका मानवहरुलाई पुर्नस्थापना गरी सिपमुलक तालिम संचालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुर्नमिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तफै लैजाने उद्देश्यले संचालित मायाघर नेपालको प्रांगणमा आयोजित एक समारोहका बीच उक्त सहयोग रकम प्रदान गरिएको हो ।
हाल माया घर नेपालमा विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी माया घर नेपालमा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण