अर्काको घरमा ग्रिनेट राख्ने पूर्व सैनिक पक्राउ
मङ्गलबार, ०६ फागुन २०७६, १८ : ५९
काठमाडौं । अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्वहबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो ।
स्थानीय सुकराम मिजारको घरमा ग्रिनेट फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ । ग्रिनेट राख्नुको कारण भने खुलेको छैन । घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त ग्रिनेटलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको पहिलो क्वालिफायर आज : फाइनलमा पुग्ने पहिलो टोली बन्ने धुनमा कोलकाता र हैदराबाद
-
टीओआरको ड्राफ्ट ‘फाइनल’ गर्नुअघि कार्यदलका सदस्यले आन्तरिक छलफल गर्ने
-
रातिको खानाले तपाईँको तौल त बढाइरहेको छैन ?
-
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
-
संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन् : अध्यक्ष नेपाल
-
६३ वटा विधेयक सरकारको पहिलो प्राथमिकतामा (सूचीसहित)