आउन थाले ‘बाबा’हरु, पशुपतिमा शिवरात्रीको जोडतोडले तयारी (फोटो)
राजधानीस्थित पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व शिवरात्रीको तयारी तीव्र पारिएको छ । आगामी शुक्रबार मनाइने यो पर्वका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आउने क्रम सुरु भइसकेको छ । शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।
शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको तयारी पुरा भएको जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण