हातले टेकेर स्टन्ट गरिरहेका थिए, खाल्डोमा खसेर २० वर्षे युवकको मृत्यु
पर्यटकीय स्थलमा साथीहरुसँग मोजमस्ती गर्ने चक्करमा मानिसहरु यति लापरवाह हुन्छन् नि उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा पार्ने गर्छन् । २० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार यी युवकको करिब सय फिट गहिरो खाल्डोमा खसेर मृत्यु भएको हो ।
ब्रेडली स्टीटर केही दिन अघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी इलाकामा साथीहरुसँग घुम्न गएका थिए । साथीहरुलाई स्टन्ट देखाउने चक्करमा उनले आफ्नो इहलीला नै समाप्त गरे ।
ब्रेडली लाइमस्टोन कोस्टको रेलिङमा दुई हात टेकेर खुट्टा माथि पारेर उभिएका थिए । त्यति नै बेला उनको शरीरको नियन्त्रण गुम्यो र सय फिट गहिरो खाल्डोमा खस्न पुगे ।
घटनास्थलमा रहेका इन्स्पेक्टर क्याम्पबेल हिलले एबीसी न्यूजसँगको कुराकानीमा ती युवकको खाल्डोमा खसेका कारण मृत्यु भएको पुष्टि गरे । उनको शवलाई आइतबार राती निकालिएको पनि जानकारी दिए ।
स्मरण रहोस्, दक्षिण अष्ट्रेलियाको लाइमस्टोन कोस्ट पर्यटकबीच निकै चर्चित क्षेत्र हो । ब्रेडलीको मृत्यु एउटा दुर्घटना मात्रै हो । अहिलेसम्म भएको अनुसन्धानमा कुनै प्रकारको षड्यन्त्र नदेखिएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक