रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै
बिहीबार, ०८ फागुन २०७६, १३ : ४१
रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ ।
जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनले जिल्लामा लगानीको राम्रो सम्भावना रहेको र सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने बताए ।
जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजनक रहेका छन् । सम्मेलनले ऊर्जा तथा पर्यटन क्षेत्रको लगानीको ढोका खुल्ने विश्वास लिएको आयोजक समितिका सहसंयोजक विश्वकुमार चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण