सामाजिक कुरीति हटाउँदै डा. स्वर्णकारले गरे आदर्श विवाह
रौतहट । तराई÷मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने जातिमध्ये सोनार पनि एक हो । सामान्य काराबार हुने सोनारका छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ ।
तर सोही जातिका एकजना एमबीबीएस डाक्टरले बिनादाईजो बिहे गरेर उदाहरणीय काम गरेका छन् ।
रौतहटको पुर्वी भेग दुुर्गाभगवती गाउँपालिका घर भई हाल शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा कार्यरत डा. राकेश स्वर्णकारले बिनादाईजो बिहे गरेर सिङ्गो समाजमा उदाहरणीय बनेका छन् ।
मालपोत कार्यालय मौलापुरका प्रमुख रहेका बबुुनन्दन साहका छोरा राकेश र गौर नगरपालिका निवासी स्वर्गीय लालबहादुर साह सोनारको छोरी आरती कुमारी साहका बीच बिहीबार राति रामजानकी मन्दिरमा आदर्श विवाह भएको हो ।

विवाहमा बेहुला बेहुलीका परिवारका साथै नेपाल सोनार समाजका अध्यक्ष डा. महादेव साहलगायत समाजका केन्द्रीय तथा जिल्लास्तरीय प्रतिनिधिहरु सहभागी थिए ।
सोनार जातिमा ब्यापत सामाजिक कुरीति हटाउन पहल गर्दै डाक्टर राकेश र आरतीको विवाह ‘दहेज’ विना नै गराउन समाजले महत्वपूर्ण भूमिका खेलेको सोनार समाजका केन्द्रीय सचिव रामजी साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण