काँचो दूधको व्यापारले डेरी उद्योग चौपट
-नीरज गौतम
बाँके । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परागत रुपमा घरमै पु¥याउने गरेको ‘काँचो दूध’ खरिद गर्न मन पराउछन् । “घरमै ल्याई दिन्छन्, प्याकेटको दूधभन्दा बाक्लो हुन्छ र मूल्य पनि डेरी दूधभन्दा सस्तो हुने भएकाले काँचो दूध नै खरिद गरिहेका छौँ”, नेपालगञ्ज—१३ शान्तिनगरका सपना चापागाईँको भनाइ छ ।
तथ्याङ्कअनुसार, बाँकेमा साना, ठूला गरी डेरी उद्योगको सङ्ख्या ४५ छ । यी उद्योगबाट दैनिक २० हजार लिटरभन्दा बढी दूध प्रशोधन भई बजारमा पुग्ने गरेको छ । तथापि, उत्पादनको तुलनामा बिक्री नहुने गरेको गुनासो यसका उद्योगीहरुको रहेको छ । ‘दूधका आम उपभोक्तालाई प्रशोधित दूधको महत्व र काँचो दूधले पु¥याउने हानीबारे सचेतना जगाउन सकिएन भने डेरी उद्योग उभो लाग्न सक्दैन’, जिल्ला दुग्ध व्यवसायी सङ्घका अध्यक्ष बदरुद्दिन अन्सारीको भनाइ छ ।
डेरी उद्योग बाँकेमा बढ्दै गए पनि यसका व्यवसायीहरु भने त्यति सन्तुष्ट हुन सकेका छैनन् । नेपालगञ्जमा उपभोक्ताले खुलारुपमा बिक्री हुने काँचो दूध मन पराउने हुँदा डेरीबाट उत्पादित दूधको माग बढ्न सकेको छैन । डेरीको प्याकेजिङ गरेको दूध प्रयोग गर्नका लागि स्थानीय तहले सचेतना जगाउनुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ ।
बाँकेको नेपालगञ्ज, खजुरा कोहलपुरलगायतका ठूला बजारमा खुल्ला दुग्ध बिक्री गर्नेहरुको वर्चस्व रहेको छ । दैनिक सयौँको सङ्ख्यामा खुल्ला दूध बिक्री गर्ने किसान, बिचौलिया, दुग्ध व्यवसायीहरु देखिन्छन् । यसतर्पm भने कसैको ध्यान जान सकेको छैन । सरकारी निकायले खुल्ला दूध बिक्रीको रोकथामका लागि ठोस पाइला चाल्नुपर्ने उपभोक्त हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात ठकुरीले बताए ।
यो जिल्ला दूधमा आत्मनिर्भर छ । यहाँ दैनिक २० देखि २५ हजार लिटर दूध खपत् हुने गरको छ । बजारमा अहिले २० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रतिलिटर खुल्ला दूध बिक्री भइरहेको छ । दुग्ध डेरी व्यवसायीले भने ७० रुपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेका छन् । दूधको माग बढ्दै गए पनि गुणस्तरमा भने सरोकारवाला निकाय मौन देखिन्छ । उपभोक्ताले निर्धक्क भएर दूध खानुपर्ने अवस्था छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक नेत्र बोगटीका अनुसार बजारमा खुलारुपमा बिक्री हुने दूधको नेपाल सरकारको मापदण्डअनुसारको गुणस्तर छैन ।
दूध खानु स्वास्थ्यका लागि लाभकारी हुन्छ । स्वस्थ र स्वच्छ दूध पिउनका लागि ‘गोठदेखि ओठसम्म’ को सरसफाइ हुनुपर्छ । दूध डेरीमा ‘पास्चराइजेशन’ गरेको प्याकेटको दूध खानु आवश्यक हुन्छ । यो कुरा आमउपभोक्तालाई बुझाउन ढिला गर्नु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित ७ जनाको बयान जारी
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण