३० लाख चोरी गरेको अभियोगमा एक जना पक्राउ
सोमबार, १२ फागुन २०७६, १२ : ३८
ललितपुर । ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद ३० लाखसहित विभिन्न धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्टोरबाट गत शुक्रबार नगद ३० लाख रुपैयाँ सहित जिन्सी धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही स्टोरमा काम गर्ने थापाको कोठामा तलासी लिने क्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा नगद २० लाख ५० हजार रुपैयाँ, घटनास्थलमा प्रयोग गरेको छाता, मोबाइल र ज्याकेट समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।
थापालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण