भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा रोकिँदैनः प्रभु साह
रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा नरोकिने बताएका छन् । मंगलबार रौतहटको मौलापुरको लक्ष्मीनिया माविमा आयोजित साक्षरताको लागि साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले कुनै परिस्थिति तथा दबाबमा भ्रष्टाचार विरोधी अभियान नरोकिने दावी गरेका हुन् ।
कुनै पक्षबाट भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयासलाई विफल पार्दै भ्रष्टाचारमुक्त समाज निर्माण गरेरै छोडने उनले प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा राजनीतिक परिवर्तनसँगै विकासले गति लिने जनताको चाहना पुरा नभएको भन्दै दुःख व्यक्त गरेका थिए ।
सांसद साहले भ्रष्टाचार अन्त्य गर्न सबै देशबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै कुनैपनि हालतमा भ्रष्टाचार हटाएरै छाड्ने बताए । सोही अवसरमा नेता साहले विद्यालयको प्रशासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण