प्रियंका र आयुष्मानले गरे आजै बिवाह
बिहीबार, १५ फागुन २०७६, १६ : ४६
काठमाडौं । केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् ।
अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् ।
कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण