कविता : मेरा सपनाहरू
शनिबार, १७ फागुन २०७६, ११ : ५४
-मनोज लम्साल
म प्रत्येक रात मेरा
महान सपनाहरूलाई
भोलिबाट ब्युँझाउने
सङ्कल्प गर्दै निदाउँछु
हिजो राति पनि र अस्ति
पनि यहीँ सङ्कल्प
गर्दै निदाएको थिए
तर किन व्युँझिन मान्दैनन्
मेरा सपनाहरु
कि मेरो पर्खाइको त्यो भोलि
प्रत्येक पटक आज बनेर
मलाई झुक्याइरहेछ ?
म भोलिको पर्खाइमा छु
भोलि आज बन्ने हतारोमा छ
समय बित्दै छ
सपनाहरु टाढा भाग्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण