भारतीय प्रधानमन्त्री मोदीको एउटा ट्वीटले विश्वभर तरङ्ग ल्याइदियो, के उनी सामाजिक सञ्जालबाट कट्दैछन् ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति आठ बजेर ५६ मिनेटमा एउटा ट्वीट गरे, जसले दुनियाँलाई तरंगित पारिदिएको छ । उनले ट्वीटमा लेखेका छन्, ‘सोचिराखेको छु कि यस आइतबारबाट ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालको अकाउन्ट बन्द गरिदिऔं ।’
प्रधानमन्त्री मोदीको यो ट्वीटले अहिले विश्वभर तरंग जस्तै ल्याइदिएको छ । उनको यो बेला टवीट फलोअर्स मात्र ५ करोड ३३ लाखभन्दा बढी रहेका छन् । त्यस्तै फेसबुकमा मोदीका ४ करोड ४७ लाखभन्दा बढी फलोअर्स रहेका छन् भने इन्स्टाग्राममा ३ करोड ५२ लाख फलोअर्स रहेका छन् । त्यस्तै उनी युट्यबमा पनि कम लोकप्रिय छैनन् । उनलाई युट्युबमा ४५ लाख जनाले सब्सक्राइब गरेका छन् ।
यद्यपि उनले यो कदमको उद्देश्यबारे कुनै कारण खोलेका छैनन् । उनले सामाजिक सञ्जालका अकाउन्ट बन्द गर्नेछन् वा त्यसबाट टाढा मात्र रहनेछन् भन्ने स्पष्ट प्रतिक्रिया नआएकोले उनका विश्वभर रहेका फलोअर्सहरुले विभिन्न टिप्पणीहरु गरिरहेका छन् । Photo:BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण