‘बेन्जो’ मा हट अदिती
काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी फिल्म ‘बेन्जो’मा देखिने भएकी छन् । करिव तीन बर्ष अगाडि बुढाथोकीले अनमोल केसी अभिनित फिल्म ‘कृ’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
‘बेन्जो’ सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्म हो । उनलाई ‘कृ’मा पौडेलले नै डेब्यु गराएका थिए । भारतबाट मोडलिङ करियर अगाडि बढाइरहेकी बुढाथोकी बलिउड फिल्म समेत अभिनय गर्ने तयारीमा छिन् ।
इन्स्टागाम मार्फत आफ्नो हट एण्ड ग्ल्यामर फोटो सार्वजनिक गरेर बेलाबेलामा चर्चामा रहने बुढाथोकी एक भारतीय मिडियाको सर्वेक्षणमा केही पहिले टपटेन सेक्सी मोडलको सूचीमा समेत अटाएकी थिइन् ।
‘बेन्जो’ चैत पहिलो हप्ताबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्ममा उनीसँगै लोकप्रिय गायक नितेशजंग कुँवर पनि अनुबन्ध भएक छन् । नितेशले यही फिल्मबाट हिरोमा डेब्यू गर्न लागेका हुन् ।
फिल्म अभियनका लागि अदिती अहिले वर्कसपमा जुटेकी छन् । फिल्मको छिट्टै घोषणा गर्ने तयारी भइरहेको छ । लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा उनले आफ्नो हट एण्ड सेक्सी फिगर समेत प्रस्तुत गर्नेछिन् ।
‘कृ’ अभिनयपछि उनले मुम्बईका केही फेसन शोमा मोडलिङ गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो खरबुजाभन्दा २ गुणा लाभदायक हुन्छ पहेँलो खरबुजा
-
‘फर्की फर्की’बाटै अभिनयमा जम्ने आसमा समृद्धि
-
चलचित्र पत्रकारिता दिवसमा दर्जन बढी पत्रकारलाई सम्मान र पुरस्कार प्रदान
-
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
-
महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्यो प्रदेश निर्वाचन समिति
-
कर्णालीमा वर्ष दिन पनि बस्दैनन् सचिवहरू